
काठमाडौं । प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूकम्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।





