‘सफलताका लागि संघर्ष’ : शिक्षकले विद्यार्थीका वारेमा लेखेको कथा



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अध्यापन गराईरहेका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुका लागि ‘सफलताका लागि संघर्ष’ नामक कथा संग्रह सार्वजनिक गरेका छन् ।

नगरपालिकाको सभा हलमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले १९ कथा संग्रहित पुस्तक सार्वजनिक गरेका हुन् ।

नगरप्रमुख मिठाराम अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा संग्रहका सम्पादक बिना थिङ्गले संग्रहबारे जानकारी गराईन भने युवा ,खेलकुद तथा शिक्षा महाशाखाका प्रमुख ललित विक्रम सिंहले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल, विभिन्न वडाका अध्यक्षहरु सहित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्