घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैंछ किनबेच ?



काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजाबी सुन तोलाको १ लाख १४ हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्