कपन साहित्य समाजबाट “यात्री स्मृति सम्मान”घोषणा



काठमाडौं । कपन साहित्य समाजबाट प्रत्येक वर्ष प्रदान गरिने ७त्रगयतसकसास यात्री स्मृति सम्मान७त्रगयतस–२०७९ साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणी’ र २०८० को साहित्यकार एवम् साहित्यिक पत्रकार लक्ष्मी उप्रेतीलाई प्रदान गर्ने
निर्णय गरेको छ।

समाजका परिकल्पनाकार स्व.पूर्णप्रकाश नेपाल ‘यात्री’को स्मृतिमा स्थापित उक्त सम्मान भाषा साहित्य संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका श्रष्टालाई समर्पित गर्ने उद्देश्यले वि। सं.२०७५ सालमा स्थापित भएको हो ।

उक्त सम्मानद्वारा हालसम्म प्रा.डा.दयाराम श्रेष्ठ’सम्भव’, संस्कृतिविद् तेजेश्वर बाबु ग्वङ्ग, प्रा.डा.अभि सुवेदी तथा प्रा.डा. गार्गी शर्मा सम्मानित भइसक्नु भएको छ। उक्त सम्मान यात्रीको जन्मजयन्तीको अवसरमा प्रदान गरिने कुरा कपन साहित्य समाजका अध्यक्ष गणेशकुमार मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्