भूकम्प प्रभावितलाई तत्काल १० लाख सहयोग गर्ने एनआरएनएको प्रतिवद्धता



काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारको राहत कोषमा तत्काल १० लाख रुपैंयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पूर्ननिर्माणमा नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको जानकारी गराएँदै एनआरएनएले संघको तर्फबाट पहिलो चरणमा सहयोगस्वरुप सो रकम उपलब्ध गराउन लागेको हो ।

साथै, संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र राहतका लागि आर्थिक सहयोग संकलन तथा अति आवश्यक कार्यमा यथासक्य छिटो जुट्न संघका सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)द्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्