महेश श्रेष्ठलाई निवर्तमान एनआरएनए कोषाध्यक्ष फणिन्द्र पन्तको सार्बजनिक अनुरोध !



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ महाधिवेशनमा प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष महेशकुमार श्रेष्ठलाई निबर्तमान एनआरएनए कोषाध्यक्ष फणिन्द्र पन्तले सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक अनुरोध गरेका छन् ।

काठमाडौंको सोल्टी होटमा आयोजित महाधिवेशनमा प्रत्यक्ष तथा अनलाइन मतदानबाट दुई प्रतिस्पर्धीहरु महेश श्रेष्ठ र आरके शर्मालाई हराउँदै डा. बद्री केसीले जित हात पारेसँगै एनआरएनए विवाद चर्किएको हो ।

फणिन्द्र पन्तको फेसबुक स्टाटस :

निर्वाचनमा धाँधली भएको जिकिर गर्दै अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले नतिजा स्वीकार गरेनन् । जसका कारण निर्वाचनपछि एनआरएनएमा एक पक्षले अर्को पक्षलाई स्वीकार नगर्ने अवस्था बनेको थियो । यतिसम्मकि कात्तिक ४ मा बद्री केसीले अध्यक्षको शपथ लिएपनि उनको नेतृत्व अस्वीकार गर्दै आरके शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा गरिएको छ । जुन कार्यसमितिलाई अध्यक्षका अर्का प्रत्याशी श्रेष्ठको पनि साथ दिएका छन् ।

डा. केसीले १३७८ भोट ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी आरके शर्मा १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका थिए ।

प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलोपटक निर्वाचन गराइएको थियो । तर, पूर्वनियोजित रुपमा सेटिङ गरी नतिजा घोषणा गरिएकाले मान्य नहुने असन्तुष्ट पक्षले जनाएका छन् ।

यसैबिच निबर्तमान कोषाध्यक्ष फणिन्द्र पन्तले आफ्नो फेसबुक वालमा लामो स्टाटस पोष्ट गर्दै अध्यक्षका प्रत्यासी महेश श्रेष्ठलाई सार्वजनिक अनुरोध गरेका छन् । उनले ‘ भर्खरै एनआरएनएको निर्बाचन सम्पन्न भयो , एसकालागि तपाइलाइ बिशेष धन्यबाद । तपाई सहित नेत्रित्वोपंतिमा उभिएर रुपान्तरित तरिका , बिधि र पद्दति स्थापित गर्दै पहिलोपटक एनआरएन प्रतिनिधिले ५९ देशबाट एकैपटक सहज रुपमा, बिना खर्च, बिना झंजट, समय पनि सदुपयोग गर्दै मतदानको प्रयोग गरेर नेत्रित्वो छाने यो चाने चुने हुँदै हैन ! यसपटकको नेत्रित्वोमा को आए भन्दा पनि “संस्था रुपान्तरण र आम सहभागिता” को मुद्दा कार्यान्वयन भएको छ । के यो सानो सफलता हो ? सबैले चाहेको येही हैन ? सकारात्मक सोचौ त् : सन् २०२३ अक्टोबरमा डा बद्रि के सी , महेश श्रेष्ठ , आर के शर्मा ले निर्बाचनको नेत्रित्वो गर्दै संस्थागत बिकासको लागि एक सानदार र भब्य निर्बाचन गराएर फड्को मारेका हुन् कि हैनन् ! हामीले त सोचेको हो नि , योजना गरेको हो नि : यस पटक ४२०० को प्रतिनिधिमुलक निर्बाचन सम्पन्न गरेर अर्को दुइ बर्षमा सम्पूर्ण पंजीकृत सदस्येले प्रतेक्ष् निर्बाचन तर्फ संस्थालाई लाने अनि झन् बिशाल, ससक्त र सामर्थ्यबान संस्था बन्छ । तेस दिशा तर्फ संस्थागत विकास गर्न जुन योगदान गर्नुभयो , तेस्को लागि पनि तपाइँ बधाईको बिशेष पात्र हुनुहुन्छ ।
अब एकछिन सम्पन्न निर्बाचनको नतिजा तर्फ विचार बेस्लेशन गरौ । मलाइ थाहा छ , तपाइँ सफल उद्देमी व्यक्ति साथै एक कुसल इन्जिनियर पनि हुनुहुन्छ जसले प्रबिधि बुझेको छ र मानबिय मनासये ( intention ) मात्र हैन, मानबिय त्रुटी , प्राबिधिक त्रुटी कसरि हुन सक्छ यो बुझेको हुनुपर्छ । निर्बाचन समिति / आयोग बिधि र कार्य अधिकार त् भन्ने परेन । लोकतन्त्रको मन्येता र गुण त तपाइको स्वोभाब देख्दा तपाइको डी एन ए मै हुनुपर्छ जस्तो लाग्छ । निर्बाचन अघिको तरल अबस्थामा हुने साम – दाम -दण्ड -भेद र निर्बाचन पछिको ठोस अबस्थामा हुनुपर्ने सामाजिक-राजनैतिक आचरणमा नीतिकारहरुले प्रसस्थ ब्याख्या गरेका छन; तेस्मा पनि मैले समय खर्च गरिन । अब हुनुपर्ने भनेको एनआरएनएमा एक लजिकल कुरा गर्ने तपाइकै ब्यानर अनुसार “एकताको शुत्र ” महेश श्रेष्ठ को ब्रान्ड कायेम रहन्छ कि रहदैन भन्ने चुनौती समयले आँफै श्रीजना गरेको छ । निर्बाचनमा नम्बर केहि धेरै वा कम आउनु प्राबिधिक कुरा हुन् । केहि समयको लागि जिम्मेबारी फरक -फरक हुने हो । तर मेरो नजरमा तपाइलाइ फेरी लोकतान्त्रिक मन्येता कायेम राख्ने एक मौका श्रीजना गर्नु भएको छ । कृपया : कसैले पनि उग्रवाद वा उदण्डको सहारा लिनु नपरोस ! जब नीति र थिति बिथोलिन्छ अनि बल जफ्ती हुन्छ , तेसैको झल्को भर्खर बालुवाटार सचिबालय मा देखियो । एनआरएनए प्रतिनिधि ओम शर्मा जी साथै आर के जी प्रति भौतिक आक्रमण भएको सुनियो देखियो । “पत्रकार” र “युथ फोर्स , राजनैतिक बिषय ” झन् उचालियो ! एनआरएन बाट विवाद विषयान्तर गर्दै झन् धुमिलन सक्ने छ । अब ढिला नगरी तथ्य केलाएर सत्य पस्किने कार्यको नेत्रित्वो तपाइले गर्नुहोस , म , हामी धेरैले साथ् दिनेछौ । ” भेरो भोटिंग टेक्नोलोजी” मात्र हो । संस्थामा तेस्को प्रयोग हाम्रै “रुपान्तरण र सहभागिता” को मुद्दा को लागु गर्न तपाई सहितले ल्याउनु भएको हो । हिजो तपाइँ आँफै डा बद्रि र डा हेमराज संगै हुनुहुन्छ जसले यो पद्दतिको विकास गर्दै छ । डा केशब र गौरी जी पनि संगै हुनुहुन्छ । यो निर्बाचनलाइ, पद्दतिलाइ “सिस्टम सेटिंग “वा “हाइज्याक ” भनेर तपाइँ आँफैले विकास गरेको कार्यलाई ” केहि राजनीतिक अबसरबाद ” मा घुलमिल नगरिदिनुस । ” भेरोको निर्बाचन रिजल्ट लाइ तपाइकै नेत्रित्वोमा समिति बनाएर सिस्टम अडिट गर्नुहोस ।
तपाइको निर्बाचन टिम पनि पोस्टरमा हेरे : तपाइको पोस्टरमा भएका १४ जना निर्बाचन नतिजामा अग्र पंतिमा सफल देखिएका छन् । उहाहरु मध्ये अधिकाम्स ले निर्बाचन समितिबाट पद तथा गोपनियेता को सफत पनि खानु भैसकेको छ, अब काम गर्न दिने समय हो । निर्बाचित नभएका अरुले पनि राम्रै मत ल्याका छन् । मतदाताको अपमान नगर्ने हो कि ? एक नेताले आफ्नै टिमको येति धेरै नेतालाई किन अप्ठेरो बनाउनु हुन्छ ? निर्बाचन पछि हिमालय होटेल पुगेर उप बिजेता आर के जी लाइ तपाइको पनि नेता बनाउनु भएको देखियो ! येति आबेस् मा नआएको हुन्थ्यो कि ? हुन त् मान्छे जे बुझेकै होलान , डा बद्रि , आर के र तपाइँ हिजो सम्म एकै डुंगामा सबार साथीहरु हुनुहुन्छ । तपाइँहरुको मुद्दा , आचरण , ब्यबसायिक स्वार्थ वा पदिय महत्वो चाहना खासै फरक छैन । मान्छे ले किन बुझ्दैनन् खै उनको कुरा हो । तर तपाइले राम्रो बुझेको हुनुहुन्छ भन्ने मेरो आंकलन हो । तेसैले पनि याद गराउदै छु । तपाइलाइ साछी राखेर लेख्दै छु , केहि महिना मा तपाइँ तिन जना मिल्नु हुन्छ , कुनै बहाना बनाउनु होला , तर प्रबस्का नेपाली आज विभाजित देखिन्छन , प्रबासको नेपालीको आत्मा सम्मान खस्काउनु हुँदै छ ।ढिला नगरिदिनुस । आब्स्स्येक छानबिन गर्नुहोस । सत्य , तथ्य बाहिर ल्याउनुहोस । एनआरएनएमा हाल सम्मकै उत्कृस्ट निर्बाचन भएको छ , तेस्को सम्मानको हकदार तपाइँ हुनुहुन्छ ।लोकतान्त्रिक सम्मान ग्रहण गर्नुहोस ।भाबना र आबेगमा उग्राबादलाइ प्रसय नदिनुहोस ।
यो पढ्दै गर्दा धेरैलाई लाग्ला फणिन्द्रले महेशजीलाइ किन सकारात्मक सुझाब दिदै होला ! किन भने, मलाइ लागेको छ: म तपाइलाइ चिनेको साथी हैन र पनि गत ४ बर्षको संस्थागत सहयात्रीको नाताले र बिगत २ बर्ष तपाइले हस्तान्तरण गरेको यस संस्थाको कोष / सम्पत्ति सम्हालेको नाताले पनि हाम्रा धेरै कुरा समान थिय , छन् । धेरै योजना र भिजन मिल्छन । स्वोभाब र विचारपनि धेरै समान छ भन्ने मलाइ लाग्छ । महेसजी, याँहालाइ साछी राख्दै सबैलाई पुन स्मरण गरौ : तपाइले करिब ६ करोड ऋण ( तिर्नु पर्ने ) सहित करिब ( १०) दस करोड रुपिया ( अर्थात वास्तविक ४ करोड रुपिया करिब) हस्तान्तरण गर्नुभएको थियो । केहि लथालिङ्ग सम्बन्ध, केहि लथालिङ्ग भएका प्रोजेक्ट्सहरु , बर्सौ देखि खिया लागेका ( लाप्राक प्रोजेक्ट्स) लगाएतका संस्थाका सरसामान , ख्याल नगरिएको सचिबालय बिल्डिंग , डेथ टनेल जस्तो ढाकेर राखिएको , बन्न नसकेको लिफ्ट आदि सबै ठिक ठाक पारिएको छ । उठुनु पर्ने उधारो र तिर्नु पर्ने ऋण पनि करिब सुन्य तिर झारेर हाम्रो कोष टिमले करिब १५ करोड रुपिया सकारात्मक ब्यालेन्स भर्खरै हस्तान्तरण गरेका छौ । एसका लागि पनि तपाइलाइ हार्दिक धन्यबाद साधारण सभा हाल मा दिने मेरो उदेश्य थियो । ताली खाने रहर मेरो पनि हुँदो हो ! बिडम्बना तपाइँ आबेस् मा आउनु भएछ । सोल्टी बाट हिमालय पुग्नु भएछ ! तर हामीले तपाइलाइ भुलेका हुने छैनौ । हाम्रो कोष टिमको आर्थिक नियेमवाली बनाउने श्र्येय हामीले तपाइलाइ दिन्छौ । तपाइले विशेषगरी मलाइ बिगत १८ महिना हमेसा काममा सपोर्ट गर्नु भयो । हामीले खोज्दा सधै मिटिंगमा आएर सत्य तथ्य कुरा आफ्नो अनुभब सहित बताइदिनु भयो । हामीलाई सजिलो भयो , हौसला बढ्यो । तपाइँ , डा बद्रि , डा हेमराज , गौरी , डा केशब , डा नबराज , डा पुरु श्रेष्ठ , डा धरेल सहितको सुझाब, सल्लाह, अग्रसरतामा बार्षिक करिब १ मिलियन डलर ( रु १ अरब ) सामाजिक सहकार्य योजना अनुसार संस्थाको श्रोत बनाउने र एनआरएनएलाइ एक स्वोबलम्बि – स्थाई -सामर्थ्यवान संस्थाको रुपमा अर्को लेबलमा विकास गर्ने कुरामा तपाइँ कन्भिन्स भएको नेता हो । तेसैले पनि म तपाइलाइ आदर गर्छु । फेरिपनि अनुरोध गर्दै छु । पारदर्शिता र गोपनियेता को सन्तुलन कायम गरेर नै संस्थागत विकास हुने हो । फेरी अघि बढ्नुहोस ।
धेरै आदर गरेपनि , कदर गरेपनि किन भर्खरै सम्पन्न निर्बाचनमा फणिन्द्र ले मलाइ ( महेसजीलाइ ) अध्यक्षपदका लागि समर्थन गरेन भन्ने पनि स्पस्ट पर्न चाहन्छु । सार्बजनिक रुपमानै मेरो एउटा स्पस्ट धारणा छ । यो समयमा संस्थालाई अब्बल निर्णय क्षमता भएको कुसल र अनुभब सहितको रणनीतिक अध्यक्षको खाँचो भएको मलाइ लाग्छ । प्रतिस्प्रधी मध्ये डा बद्रीमा त्यो प्रमाणित गुण धेरै छ । डा बद्रि हिजो तपाइको पनि त् नेता हो नि । तपाइलाई पनि त् राम्रो लगेर र त होला नि , हैन ? गत बर्ष तपाइकै मध्यमार्गी बाटो मानेकै मान्छे हो , गत ६ महिना संस्थालाई राम्रै गति दे कै हो , गल्ति त गरेन । फेरी अरु २४ महिना उहाको नेत्रित्वो ले नै संस्थालाई थप संस्थागत गर्छ भन्ने मेरो धारणा विकास भयो । राम्रो मध्ये पनि समयको माग अनुसार उत्तम हेर्नु पर्ने रहेछ । मलाइ मात्र हैन धेरैलाई महसुस भएको पाइयो : तपाइँ अध्यक्ष उमेरदवार हुँदै गर्दा पनि आफ्नो टिम कै निर्णय अधिकार पनि तपाइमा कम देखिन्थ्यो । सधै तार्किक र रणनीतिक मात्र हैन “बल्ड निर्णय “गर्ने दरो नेताले गति दिन्छ भन्ने धेरैलाई जस्तै मलाइ पनि लाग्यो । आर के जी मा झन् जोस बढी र संस्थागत अपरिपक्कता देखिन्थ्यो , तो कुरा निर्बाचन पछि झन् झाल्किदै छ । थप उक्साउने काम कमसे कम महेसजी बाट नहोस भन्ने हाम्रो चाहना हो ।
महेसजी, फेरी पनि अनुरोध गर्छु । तपाइँ नेत्रित्वोमा स्थापित भैसकेको मान्छे , आफ्नै मध्ये मार्गी ब्रान्ड बनाउनु भएको छ । सबैलाई साथमा लिएर निर्बाचनको प्राबिधिक रुपमा सिस्टम अडिट गर्ने नेत्रित्वो गर्नुहोस र पारदर्शिता र संस्थागत गोपनियेताको सन्तुलन कायम गर्नुहोस । येस्मै सबैको जित हुन्छ । कुरा समयको मात्र हो । बलियो बद्दती हुँदा अध्यक्ष हुँदा पनि गर्ब हुने छ । साथ साथै संस्था मार्फत मानबिय सेवा र प्रवासका तमाम नेपालीको हितमा ससक्त भएर सदा लाग्न सकिने छ । म जस्ताले सोचेको फरक वा गलत हो भने यस अनुरोध पत्र संगै पोस्ट भएका कुन चाही डकुमेन्ट फेग , गलत वा अनधिकृत छ प्रमाणित गर्नुहोस । एक पनि प्रमाणित भए हामी सबैको अध्यक्ष तपाइँ । तेस्पछि बल्ल बिधि सम्मत अध्यक्ष डा बद्रि के सी लाइ निबर्तमान अध्यक्ष घोषित गरौ ! कृपया बिधि स्थापित गर्न पनि धेरैले भनिएको आधारिक छानबिन समितिको नेत्रित्वो गर्नुहोस ! म तपाइको समितिको सदस्य बनेर पूर्ण सहयोग गर्ने छु ।’ भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्