संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



काठमाडौँ । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले आज राति १२ बजेबाट संघीय संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्