कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दुई तिहाइभन्दा धेरै विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको हो ।

बुधबार प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीको पक्षमा ८६ र विपक्षमा ५ मत परेको हो । ९३ सदस्य रहेको प्रदेशसभा बैठकमा बुधबार ९१ सांसद उपस्थित रहेका थिए ।

अन्य पार्टीहरुले कार्कीलाई विश्वासको मत दिएपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ मध्ये ५ सांसदहरुले कार्कीलाई विश्वासको मत दिएनन् । राप्रपाका एक सांसद अनुपस्थित रहे ।

प्रतिक्रिया दिनुहोस्