कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मागे विश्वासको मत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

आज सुरु भएको प्रदेशसभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले मुलुकको सङ्घीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले सङ्कल्प गर्नुपर्ने बताए । कोशी प्रदेशसभामा ९३ सदस्य छन् र बहुमतका लागि ४७ मत चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस्