नेकपा एमाले बूढानीलकण्ठ ११ को चियापान कार्यक्रम सम्पन्न



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ – ११ वडा कमिटीको आयोजना चियापान कार्यक्रम सम्पन्न भएको छ।

२०८० सालको विजया दशमीको उपलक्ष्यमा घटस्थापनाको अवसर पारेर असोज २८ गते बूढानीलकण्ठ ११ वडा कमिटी अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा शुभकामना आदानप्रदान प्रदान तथा चियापान आयोजना गरिएको थियो।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य तथा नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य जयराम थापा, बूढानीलकण्ठ नगरपालिका नगर प्रमुख तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, पूर्व नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य उद्धव खरेल, काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर उप प्रमुख अनिता लामा, जिल्ला कमिटी सचिवालय सदस्य तथा राष्ट्रीय प्रतिनिधि परिषद सदस्य बिदुर खाड़का तथा जिल्ला सदस्य तथा वडा ११ का अध्यक्ष राजु अधिकारी, जिल्ला कमिटी उपसचिव तेज प्रसाद ढकाल, संगम गहतराज, बूढानीलकण्ठ नगर कमिटीका उपाध्यक्ष तथा वडा १२ का अध्यक्ष शम्भु भट्टराई, वडा १० का अध्यक्ष नवराज भट्टराईलगायत १० र १२ पार्टी कमिटीका पदाधिकारी र कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो। एमाले पार्टीको आयोजना भएको कार्यक्रममा वडा भित्र क्रियाशिल अन्य सबै पार्टीका प्रतिनिधिहरुलाई पनि निमन्त्रणा गरिएको थियो भने , सञ्चारकर्मी लगायत सहभागी थिए ।

कार्यक्रममा वक्ताहरूले समसामयिक बिषय र आन्तरिक शुभकामना सतासाट गर्दा कार्यक्रम उल्लासमय भएको थियो ।अतिथिहरुले शुभकामना दिने क्रममा अहिलेको देशकाल परिस्थितिको ख्याल् गर्दै संयममित भएर आफ्नो गच्छेअनुसार चाडपर्व मनाउन आग्रह गरेका थिए । बडा कमिटिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले उपस्थित अतिथिहरु, जनप्रतिनिधि,पत्रकार, अन्य राजनीतिक दलका प्रतिनिधि,समाजसेवी , पार्टी कार्यकर्ता सबैलाई सम्पूर्ण चाडहरुको शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्