दोहोरो अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । चालु साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।

साताको पहिलो दिन आइतबार सार्वजनिक बिदा परेको थियो भने सोमबार २३.१६ अंकले घटेको सेयर बजार मंगलबार १३.१८ अंकले बढेको हो । मंगलबार ०.७१ प्रतिशतले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ ।

मंगलबार ३८ लाख १३ हजार २३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८४ लाख ३७ हजार ८६० रुपैयाँको कारोबार भएको छ । आज व्यापार, निर्जीवन बिमा, होटल तथा पर्यटन उपसूचकको मूल्य घट्दा अन्य सबै उपसूचकको मूल्य बढेको छ ।

प्रतिक्रिया दिनुहोस्