
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले नेपालीहरूको महान चाड दशैँ तिहारलाई मध्यनजर गर्दै “इसेवा डिजिटल उत्सव”( हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ ।
जस अन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा रु ३७९,९०० मूल्यको Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्न सकिनेछ। यसैगरी इसेवा मार्फत ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा दुई जनाले Yamaha New FZ FI Version 3.0 Standard मोटरसाइकल जित्न सक्नेछन्।
इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्। साथमा कार्तिक १ गते इसेवा केअर किन्दा भाग्यशाली १ जनाले
१०० गुणा Cashbackपाउने अफर पनि राखेको छ ।
त्यसै गरी, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले RealMe 11x 5G छन् पाउनुहुनेछ। त्यसका साथै, इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले रु ३०० सम्मको Cashback तथा CG Digitalटिभी समेत जित्न सक्नेछन्।
बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्नेछन्। इसेवामा आवद्ध व्यवसायीहरूले सेमत ग्राहकहरू मार्फत क्यू-आर(QR) भुक्तानी लिँदा वासिंग मेसिन, एयर फ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन्।
त्यसै गरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्याग समेत जित्न सक्नेछन्। विदेशबाट इसेवा मनि ट्रान्सफरको साझेदार मार्फत इसेवा वालेटमा रु ५ हजार भन्दा बढीको भुक्तानी पाउने सबैले टप-अप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का Cashbackका लागि प्रोमो कोड प्राप्त गर्नेछन्।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत ७८ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्। यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुलरकलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ।





