कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ



विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेका हुन् ।

मुख्यमन्त्री कार्कीसँगै नेपाली कांग्रेसका शमशेर राई र नेकपा एमालेका राम रानाले पनि मन्त्रिपरिषद सदस्यको रुपमा आइतबार नै शपथ लिएका छन् ।

उनीहरुको जिम्मेवारीमा रहने मन्त्रालय भने तोकिएको छैन । उनीहरुलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्