सन सेक्युरिटिज प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ६४) मार्फत हुने



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ। यस सम्झौताले लगानीकर्ताहरुलाई सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) बाट गरेको सेयर खरिद(बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरे।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्