घट्यो सुनको मूल्य, कतिमा हुँदैंछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला १०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय र तेजाबी सुन १ लाख ८ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थित रहेको छ । आज हिजोकै मूल्य १३ सय ४० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्