
काठमाडौँ । काठमाडौँको बागमती नदी किनारमा एक युवक मृत अवस्थामा भेटिएका छन्।
आज बिहान काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित बागमती नदी किनारमा काठमाडौँको बालाजु गोलढुंगा घर भएका शंखमूल बस्ने २० वर्षीय विकास महरा मृत भेटिएको प्रहरीले जनाएको छ ।
घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए।





