बूढानीलकण्ठ–१२ का एमाले नेता मुरारी भण्डारी सिन्धुलीको फिक्कल गाउँपालिकाद्वारा सम्मानित (फोटो फिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा स्थायी बसोबास भएका नेकपा एमालेका युवा नेता मुरारी भण्डारीलाई सिन्धुलीको फिक्कल गाउँपालिकाले सम्मान गरेको छ ।

फिक्कल गाउँपालिकाको वडा नम्बर ६ रत्नावतीको भवन निर्माण निर्माणमा आफ्नो निजि १ रोपनी जग्गा दान गरेका भण्डारीलाई पालिका प्रमुख र उपप्रमुखले उद्घाटन समारोहमा सम्मान गरेका हुन् ।

राजनीति र समाजसेवालाई सङ्गसंगै लगेका भण्डारीले बालबालिकालाई वार्षिक रूपमा स्टेसनरी लगायतको सहयोग गर्ने कामलाई निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्