आज बढ्यो सुनको भाउ, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा ३०० रुपैयाँले बढेको जनाएको छ ।

आज छापावाल सुन प्रतितोलाको एक लाख आठ हजार ९०० र तेजाबी सुन एक लाख आठ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्