इजरायल–हमास युद्ध : ४८ जना विदेशी नागरिकको मृत्यु



काठमाडौँ । इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको युद्ध जारी छ । गत शनिबार अचानक हमास समूहले इजरायाली भूमिमा एक्कासि आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

जारी युद्धमा दुवैतर्फ गरी अहिलेसम्म १५ सय भन्दा बढी मानिस मारिएका छन् । दुवैतर्फको चेतावनीलाई मध्यनजर गर्दा यो युद्ध कहिले अन्त्य हुन्छ भन्ने अवस्था छैन ।

इजरायलले हमासले सुरु गरेको युद्धको अन्त्य आफूले गर्ने बताइ रहँदा हमासले भने इजरायलले गाजामा थप आक्रमण गरे आफूले बन्धक बनाएका इजरायली अधिकारीसहित सबैको हत्या गर्ने चेतावनी दिइसकेको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार उक्त युद्धमा अहिलेसम्म ४८ जना विदेशी नागरिक मारिएका छन् भने ८० जना बेपत्ता छन् ।

अहिलेसम्म थाइल्याण्डका १२, अमेरिकाका ११, नेपालका १०, अर्जेन्टिनाका ७, युक्रेनका २, फ्रान्सका २ जनाको मृत्यु भएको छ । यस्तै, रुस, बेलायत, क्यानडा, कम्बोडियाका एकएक जना मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्