इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्री प्रचण्डबीच संवाद



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूका टिम लिडर विपिन सुवेदीसँग संवाद गरेका हुन्।

उनले सोमबार दिउँसो सुवेदीसँग भिडिओ मेसेन्जरबाट कुराकानी गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

भिडिओ कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरू लगातार उद्धारका लागि पहल गरिरहेको जानकारी गराएका छन्। साथै, उनले त्यहाँ अलपत्र रहेका विद्यार्थीसँग समन्वय गरिदिनका लागि आग्रह समेत गरे।

प्रतिक्रिया दिनुहोस्