आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैंछ किनबेच ?



काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँबाट बढेर एक लाख ८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुनको खरिदबिक्री मूल्य एक लाख ८ हजार एक सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्य १३३० रुपैयाँबाट बढेर १३४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्