बसको अग्रिम टिकट बुकिङ आजबाट खुला



काठमाडौँ । बडादसैँका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेहरुका लागि लामो तथा मध्यम दूरीका सवारी साधनमा आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

टिकट बुकिङका खुला भएसँगै गोङ्गबुस्थित नयाँ बसपार्कका काउन्टरहरूमा ठूलो भीड लागेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पुरानै भाडामा अग्रिम टिकट खुला भएको बताए ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको सहमति अनुसार आजदेखि दसैँ लागि टिकट बुकिङ खुला गर्ने सहमति भएको थियो ।

हरेक वर्ष दसैँ, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौँबाट लाखौँ यात्रु बाहिरिने गरेका छन्। दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाख मानिस बाहिरिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्