नेकपा एमाले बूनपा ११ को टोलभेला तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न 



काठमाडौं । नेकपा एमाले बुनपा ११ को आयोजनामा टोलभेला तथा जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कमिटिका अध्यक्ष कृष्ण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि काठमाडौं जिल्ला कमिटिका उपसचिव तेज प्रसाद ढकाल रहेका थिए । भेलाबाट खानीमाया गुरुङको अध्यक्षतामा १५ सदस्यीय गुरुङटोल–आनिगुम्बा टोल कमिटी गठन गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा पार्टी कार्यकर्ताहरुको समस्या तथा सुझावहरुको जवाफ वडाध्यक्ष राजु अधिकारीले दिएका थिए भने गुनासो र सुझावको लागि प्रत्येक  शुक्रवार साझ ५ बजेदेखि ७ बजेसम्म पार्टी कमिटीको कार्यालयमा जनप्रतिनिधिसँग भेटघाट समेत आयोजना गरिरहेको जानकारी अध्यक्ष भट्टराईले बताए ।

कार्यक्रममा केन्द्रिय उद्योग विभाग सदस्य डोल्मा शेर्पा, नगरकमिटी उपाध्यक्ष शम्भु प्रसाद भट्टराई, उपसचिव  सुनिता गुरुङ लगायत नगरकमिटीका सदस्यहरु लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन कमिटीका सचिव अंगुर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्