बालेन विरुद्ध कपनका स्थानीय आन्दोलित



काठमाडौं । महिनौं दिन बित्दापनि चकुन्चा (खहरे खोला) खोलको व्यवस्थापन नभएको भन्दै कपनका स्थानीय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विरुद्ध आन्दोलित भएका छन् । साउनको अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधरणले अहिले दुर्गन्धको सामना गर्नु परेको सुनाए ।

काठमाडौं महानगरले एकलौटी ढंगले खहरे खोतल्दा जोखिमको अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको थियो । सोही समयमा व्यवस्थापनका अन्य कुरा चाडो सक्ने भनिएको थियो । तर अझैपनि व्यवस्थापन हुन नसक्दा कपनका सर्वसाधरण आन्दोलित भएका हुन् ।

खहरेमा पानी घट्दै जादा दुर्गन्ध बढेकाले सर्वसाधरण आत्तिएका छन्। फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ। हैजाको डरले सताउन थालेको सर्वसाधरण बताउँछन्।

खहरे खोल्ने बेलामा यो पक्ष उ पक्ष भनेर छुटीएपनि अहिले दुवै पक्षले उस्तै समस्या भौग्दै छन्। पानीको व्यवस्थापनको लागि कल्भर्ट बक्स राख्ने पहिलैको योजना उत्तम भएको भन्दै यसैलाई निरन्तरता दिनु स्थानीय बताउँछन्।

प्रतिक्रिया दिनुहोस्