सुनको भाउ घट्यो, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो ।

यता, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले आज २५ रुपैयाँले बढेर चाँदी प्रतितोला एकहजार ३९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्