सालकको खपेटासहित चार जना पक्राउ



काठमाडौँ । काठमाडौं महानगरपालिका–२६ सामाखुशीबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा ९ सय ग्राम १२ मिलिग्रामसहित ३३ वर्षीय तिले तामाङसमेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनी सिन्धुपाल्चोक साँगाचोक नगरपालिका–१० घर भई भक्तपुर सूर्यविनायक बस्दै आएका थिए ।

सामाखुशीस्थित कल्पना खाजा घरमा दुर्लभ वन्यजन्तु सालकको खपेटा लुकाई लिई बसेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले खोजी तथा जाँच गर्ने क्रममा तामाङको झोलामा लुकाई राखेको उक्त खपेटासहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्