राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध



काठमाडौँ । राहत शिक्षकद्वारा माइतीघर सडकखण्ड अवरोध भएको छ । आन्दोलनलाई निरन्तरता दिँनेक्रममा सडक अवरुद्ध भएसंगै प्रहरीसँग शिक्षकहरूको मुटभेट भएको छ ।

आफ्नो माग हरू चाँडो पुरा गर भन्दै उनीहरूले नारा लगाएका छन् । सरकार र शिक्षक महासङ्घबिच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरूको माग संशोधन नगरेको भन्दै राहत शिक्षकहरूले प्रदर्शनलाई निरन्तरता दिएका हुन् । शिक्षक महासंघले आफूहरूको माग पूरा नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्