सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुँदैं



काठमाडौं । असोज १९ र २० गते काठमाण्डौंको बानेश्वर बैंकुटमा स्र्टाटअप एण्ड आइडिया फेस्टसँगै स्टिम क्याम्पको आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा हुने कार्यक्रममा सातै प्रदेशका स्टार्टअपहरुले सहभागिता जनाउनेछन । उक्त फेस्टमा सयबढि डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुनेछ ।

आइसिटी अवार्ड २०२३ को प्रिइभेन्ट क्याम्पियनको रुपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकरको सहकार्य रहनेछ । आइसिटी अवार्ड २०२३ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नो भेसनहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनी गर्नेछन ।

यसैगरि आयोजकले सातै प्रदेशबाट छनौट गरेर ल्याएका ३० बढि स्टार्टअपरुको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरिस् स्कइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राख्नेछन् ।

स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केहि नयाँ काम गरि रहेका स्टार्टअप, विद्यार्थी र इन्नो भेटरहरुलाई प्रवद्धन गर्न आयोजना गरिएको लिभिङ विथ आइसिटीको अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रर्यममा प्रर्दर्शनीमा सहभागी हुने एक्जिविटर र अवलोकनकर्ताले कुनै शुल्क तिर्नुपर्दैन ।

स्टार्टअपहरुलाई मेन्टरिङ तथा इन्क्युवेयु वेसन सेसनहरु सञ्चा लन हुनेछ । यस कार्यक्रममार्फत स्टार्टअप र आइडियामा लगानी गर्न चाहनेहरुलाई पनि आयोजकले सहकार्य र इकोसि स्टमको लागि आब्ह्वान गरेको छ ।

आइसिटी अवार्ड २०२३ को नोमिनेशन र छनौट प्रकृया सञ्चालनमा छ । विभिन्न चरणको छनौट पश्चात उत्कृट १२ मा पर्न सफल स्टार्टअपहरुले पनि यस कार्यक्रममा सहभागि जनाएर आफ्नो व्यवसायलााई प्रवद्धन गर्न सक्नेछन । अवलोनकर्ताले आफुलाई मन परेको स्टार्टअप र प्रडक्टलाइ भोट पनि गर्न सक्नेछन् । आइसिटी अवार्डका विभिन्न १३ विधामा ५०० बढिको अनलाइन आवेदन प्राप्त भएको आयोजकले जानकारी दिएको छ ।

नेपाल वाहिरका स्टार्टअपहरुको लागि साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड पनि आयो जना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको आठौं संस्करण पुस ६ गते द सोल्टी काठमा ण्डौंमा आयोजना हुनेछ ।

स्टार्टअप एण्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डको लागि दर्जनौ प्रि–इभेन्टहरु सञ्चालन हुनेछन । कान्तिपुर टेलिभिजनले २ महिना सम्म स्र्टाटअप र आइडिया पिचिङको विशेष कार्यक्रमको रुपमा टेलिभिज सिरिजहरु प्रशारण गर्नेछ ।

आइसिटी अवार्ड र फेस्टको बारेमा जानकारीको लागि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्