प्रधानसेनापति शर्मा भारत प्रस्थान



काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान गरेका छन् । १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा भाग लिन आइतबार प्रधानसेनापति शर्मा नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

दिल्लीमा सोमबारदेखि दुई दिन चल्ने १३औँ इन्डो प्यासिफिक आर्मी चिफ कन्फरेन्समा सहभागगी हुन उनी त्यसतर्फ गएका हुन् ।

उनको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका छन् । ११ असोजमा प्रधानसेनापति शर्मा स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्