सप्तदेब वचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा न १० मा कार्यालय रहेको सप्तदेब वचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाको अध्यक्ष बालकृष्ण भट्टराईको अध्यक्षता एवम् राष्ट्रीय सहकारी बैंकका संचालक तथा बागमती प्रदेशका सांसद ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि ज्ञान बहादुर तामाङले सहकारीमा जम्मा भएको बचत सुरक्षित बनाउने कुरामा सदस्यहरुपनि उतिकै जिम्मेवार रहेको बताएका छन् । उनले एउटै व्यतिले धेरैवटा संस्थाबाट ऋण लिने र समयमा नतिर्ने प्रवृत्तिका कारण सहकारीमा समस्या परेको भन्दै त्यसका लागि अन्तर सहकारिहरुले डिजिटल डाटा मार्फत एक व्यतिले धेरै संस्थाबाट ऋण लिए नलिएको जानकारी राख्ने ब्यवस्था गर्नुपर्ने र यसले सहकारीबाट ऋण लिएर नतिर्ने अवस्थाको अन्त्य हुने बताए ।

सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय गरे जागिरबाट भन्दा राम्रो आम्दानी गर्न सकिने भन्दै उनले शेयर सदस्य हरुलाई व्यवसायी बन्न आग्रह गरे । अहिलेको आर्थिक मन्दी वाट जोगिदै सदयहरुको हितमा काम गर्न समेत आग्रह गरे। सहकारीमा बचत नै भविष्यको कमाई भएकाले आजैबाट स सानो रकम बचत गर्दै जादा ठुलो पूँजी निमार्ण हुने हुदाँ सबैलाई आफ्नो कमाईबाट बचत गर्न उनले आग्रह गरे । सहकारी समुदायमा चलेको बैंक भएको भन्दै उनले महिलालाइ चुलाचौकाबाट बाहिर ल्याउन सहकारीले भुमिका खेल्नु पर्ने बताए ।

साधारण सभामा संस्थाका सचिव कृष्ण प्रसाद भट्टराईले आ.ब.२०७९ /०८०को वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सदस्यको साथ सहयोगले मात्र संस्था यो अवस्थामा पुगेको र समाजको गरीबी निवारणमा सहकारिले ठूलो भूमिका रहेको भन्दै सबै शेयर सदस्यहरुलाई संस्थामा आएर गुनासो मात्र नभई आवश्यक सल्लाह र शुझाव समेत दिन अनुरोध गरेका थिए । आफूहरु बैंक तथा फाईनान्सको प्रतिस्पर्धी नभएको बताउँदै उनले सहकारीका माध्यमबाट सदस्यलाई गुणस्तरिय र भरपर्दो सेवा दिने प्रतिवद्धता जनाए । संस्थाले वितिय सेवाका साथै विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको उनले सभामा जानकारी दिए । संस्थाको सेवालाई प्रविधिमैत्री ,सरल ,सहज बनाउनेतर्फ लागि परेको भन्दै उनले समयसापेक्ष सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिदै जाने सो अवसरमा बताए । संस्थामा तरलता अभाव हुन नदिन सहकारी विभागले जारी गरेको निर्देशनलाई पालना गरि तरलताको उचित व्यवस्थापन गरेको उनको भनाई छ ।

साथै उक्त साधारण सभामा सचिव कृष्ण प्रसाद भट्टराईले आ. ब.२०७९ /०८०को वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने उक्त साधारण सभामा वार्षिक आयव्यय विवरण, लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन , लेखा परीक्षकको प्रतिबेदन , पेस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्