कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै



काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक संरचनालगायत विषयमा छलफल हुनेछ ।

पार्टी मुख्यसचिव पौडेलका अनुसार बैठकको कांग्रेसको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिने छ ।

बैठकले महासमिति बैठकको एजेन्डा तय गर्नेछ । कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्