![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/01/gold-e1600915604661.jpg?fit=720%2C360&ssl=1)
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन १ लाख १३ हजार र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा किनबेच भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।