गठबन्धन एकतावद्ध भएर अघि बढ्नुपर्छ : माधव नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धन एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ(समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन बनाउन समाजवादीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताए । त्यस्तै उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्