सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौँ । आजका लागि पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

मुद्दा हेर्नका लागि न्यायाधीश अभाव भएको कारण जनाउँदै काठमाडौँ जिल्ला अदालतले नाबालिग बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दा स्थगित भएको जनाएको हो ।

गोला प्रथाबाट इजलास तोकिँदा सन्दीपविरूद्धको मुद्दा उपस्थित न्यायाधीशहरू कसैकोमा नपरेकाले मुद्दाको सुनुवाइ स्थगित भएको

जिल्ला अदालत काठमाडौँका स्रेस्तेदार कौशलेश्वर ज्ञवाली जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्