
काठमाडौं । युथ फर क्राइस्ट काठमाडौंले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगिता भोलि देखि सुरु हुँदैंछ ।
युथ फर क्राइस्टका अध्यक्ष सुरज श्रेष्ठले हाजिरी जवाफ प्रतियोगिता यहि असोज १, ३ र ११ गते गरि तिन चरणमा हुन लागेको बताए ।
उनले भने, प्रतियोगितामा काठमाडौं उपत्यकाका २८ ओटा चर्चले भाग लिदैंछन् । प्रतियोगितामा भाग लिने चर्चको संख्या ठुलो छ, सबै चर्चलाई एकैचोटि प्रतिस्पर्धा गराउँदा कार्यक्रम सक्ने सम्भावना नभएकोले तिन चरणमा कार्यक्रम हुन लागेको हो ।
अध्यक्ष श्रेष्ठका अनुसार भोलि असोज १ गते १२ ओटा चर्चले भाग लिँदैंछ भने, असोज ३ गते १६ ओटा चर्चले भाग लिदैंछन् । कार्यक्रम असोज १ र ३ गते हरियो खर्क मण्डली र ११ गते नेपाल इसाई मण्डली गरि दुईओटा चर्चमा हुनेछ ।
हाजिरी जवाफ प्रतियोगिताको फाइनल असोज ११ गते हुने अध्यक्ष श्रेष्ठले बताए । प्रथम पुरस्कार २५ हजार रहेको छ । युथ फर क्राइस्टले वर्षेनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।





