आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रवार छापावाल सुन तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । योसँगै आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्