
काठमाडौँ । करिव ६१ केजी सुन तस्करी प्रकरणमा संलग्नविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्ने भएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालत काठमाडौँ मुद्दा दर्ता गर्न लागेको हो ।
सीआईबीले सुन तस्करी प्रकरणमा सीआईबीले ५० जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको थियो । जसमध्ये १८ जना फरार सूचीमा रहेका छन् ।
सीआईबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ केजी सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ ।





