नगरप्रमुखलाई आउट गरेर एमाले बूढानीलकण्ठबाट सहमतिमै सिफारिस



नेकपा (एमाले ) प्रथम बागमती प्रदेश अधिवेशनका लागि बूढानीलकण्ठ नगरप्रमुखलाई रिङ्ग आउट गरेर जाने प्रतिनिधि बीचमा सहमति भएको छ।

असोज ८ र ९ गते काठमाण्डौमा हुने अधिवेशनमा महिला र पुरुष गरी १२ जनाको कोटा रहेकोमा २७ जना आकांक्षी रहेका थिए। नेकपा एमाले केन्द्रीय सदस्य तथा बूढानीलकण्ठ इन्चार्ज सरिता न्यौपानेको उपस्थितिमा बूढानीलकण्ठ पार्टी कार्यालयमा दिनभरी भएको छलफलपछि आवश्यक कोटामा सहमति भएको हो।

बूढानीलकण्ठबाट छनोट भएका प्रतिनिधिहरु:

१. उद्धव प्रसाद खरेल
२. मुरारी भण्डारी
३.केदारराज पुडासैनी
४.जयराम थापा
५.लक्ष्मी सङ्रौला
६.मधु अधिकारी
७.राधेश्याम भन्डारी
८.टिकेस नारायण श्रेष्ठ

महिला :
१. सीता पौडेल
२. रमा राई
३. राममाया महर्जन
४. दुर्गा थापा

जनसंख्या र पार्टी सदस्य संख्यामा धेरै ठूलो संख्या रहेको कपन क्षेत्रबाटै मिठाराम अधिकारीलाई पार्टी कार्यकर्ताहरुले स्वीकार्न नगर्ने अवस्था बनेपछि नगरप्रमुख मिठाराम अधिकारी रिङ्ग आउट हुन् पुगेका हुन्।

पूर्व गाविस अध्यक्ष हुँदै नगरप्रमुख बनेका मिठाराम अधिकारीले चुनावमा गरेको बाचा विपरित आफन्त चेपेको, पार्टी कमिटी र कार्यकर्ताको भावना अनुसार काम नगरेको, आफ्नो लोकप्रियताको कारण निर्वाचन जितेको जस्ता अभिव्यक्ति दिने गरेपछि हिजो मिठारामको लागि ज्यान दिनेहरु आज उनकै विरुद्दमा लाग्ने वातावरण बनेपछि नगरप्रमुख अधिकारी रिङ्ग आउट भएको पार्टी नेताहरुले बताएका छन्।

नगरपालिकामा सम्भावना बोकेको नेताको रुपमा हेरिएका नगरप्रवक्ता नवराज भट्टराईको उम्मेद्वारी दर्ता र फिर्ता समेत चर्चाको विषय बनेको छ। पार्टीका अगुवा नेताहरुसँगको अनौपचारिक बसाईमा उम्मेद्वारी दर्ता नगर्ने सहमति गरेका भट्टराईले लहडमा उम्मेद्वारी दर्ता गर्ने र झिक्ने कारणले उनीमा राजनीतिक परिपक्वता देखिएन।

अब बूढानीलकण्ठबाट प्रदेश कमिटीमा नेतृत्व गर्ला ?

पदाधिकारीहरु बाहेक आउँदो प्रदेश सदस्यहरुको छनोट सहमतिमै हुने देखिन्छ। त्यसो भएमा प्रदेश कमिटीमा काम गरी सकेका निवर्तमान नगरप्रमुख उद्धव प्रसाद खरेल र मुरारी भण्डारी छानिने देखिन्छन् भने महिलाबाट सीता ढकाल र रमा राईको संभावना छ। दलित कोटाबाट संगम गहतराज पक्का जस्तै देखिन्छन्।

सदस्यहरुमा समेत चुनाव हुने अवस्था आएका भूगोलको नेतृत्व गर्दै उद्धव प्रसाद खरेल र खुल्लाबाट मुरारी भण्डारी चुनाव लड्ने पक्कापक्की जस्तै देखिन्छ।

प्रतिक्रिया दिनुहोस्