ग्रिनल्यान्डको विजयी सुरुआत



आयोजक ग्रिनल्यान्डले १७ औं क्विक्स–ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेको छ ।

जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २६–१६ ले पराजित ग¥यो । त्यस्तै, किङडमले फ्लोरोसेन्टलाई १९–११, फेरिल्यान्डले इबीएलाई १८–११, गोल्डेनपिकले युनिभर्सिटीलाई ३०–२२, हिमरश्मीले बीएमसीएलाई १७–११, एन्जल्स हार्टले पारामाउन्टलाई १६–१४ र बीएनएले एलएनएलाई २५–१५ ले हराए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्ड ‘ए’ ले बीएनएलाई ४०–३५ तथा स्कोलर्स होमले ग्रिनल्यान्ड ‘बी’ लाई ४०–३३ ले पाखा लगाए ।
सिनियर गल्र्समा ग्रिनल्यान्डले एलएनएलाई २२–१७ तथा केभीकेएसएसले हिमालयलाई ३६–२६ ले पन्छाए ।

प्रतियोगिताको ग्रिनल्यान्डका प्रिन्सिपल थकिनकुमार गुरुङ, भाइस प्रिन्सिपल विनोद घिमिरे र संस्थापक रमेश पन्थीले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्