खेलकुद परिषद्को बैठक सम्पन्न



राष्ट्रिय खेलकुद परिषद्को ११७ औ बोर्ड बैठक विहिवार बसेको छ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले १९ औ  एसियाली खेलकुदमा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीको संख्या टुंगो लगाएको छ ।

२९ खेलका १२७ महिला र १२६ पुरुष गरी २५३ खेलाडीसहितको टोली टुंगो लगाएको हो । यस्तै बैठकले कर्मचारीको बढुवा सम्वन्धि पदपूर्ति समितिले गरेको सिफारिस अनुमोदन गरेको छ ।

लामो समय देखि रोकिएको बढुवा प्रक्रियालाई अघि बढाउने गरि अघिल्लो बोर्ड बैठकले पदपूर्ति समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्