आज सुनको मूल्य स्थिर, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र छेजाबी सुन एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन हिजो पनि छापावाल र तेजाबी सुनको मूल्य आजकै जति थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्