आजदेखि १४–१५ वर्षका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइँदै



काठमाडौँ । सरकारले आजदेखि १४ वर्ष पूरा भइ १५ वर्ष ननाघेका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) निःशुल्क लगाउँदै छ ।

अभियानको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट सुरुवात गर्ने कार्यक्रम रहेको छ।

मन्त्री बस्नेतले अभियान सुरु गरे लगत्तै खोप लगाउन सुरु गरिने अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउने छन्।

उनले खोप लगाउनका लागि उमेर खुल्ने प्रमाण लिएर आउनु पर्ने जानकारी दिए।

एचपीभी खोप अभियान पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउन पाइने परिवार कल्याण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्