सुन तस्करी प्रकरण : विध प्रयोगशालाका सञ्चालकसँग सीआईबीले लियो बयान



काठमाडौँ । सुन तस्करी प्रकरणमा विध प्रयोगशालाका सञ्चालक भीमकान्त भण्डारीसँग केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिएको छ ।

यसअघि पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक पटक सम्पर्क गरेको देखिएका कारण सीआईबीले उनीसँग बयान लिएको हो ।

उनले आइतबार बिहान सीआईबी कार्यालय पुगेर बयान दिएको प्रहरीले जनाएको छ । यस प्रकरणमा हालसम्म ३० जना पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्