नारायण थापा’कल्पित’का दुई कृति बिमोचन



काठमाडौं । नारायण थापा ‘कल्पित’का दुई कृति बिमोचन लेखक तथा साहित्यकार नारायण थापा कल्पितद्धारा लिखित दुई कृतिहरु शनिबार बिमोचन भएका छन् ।

शनिबार राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरि कृतिहरु सार्वजनिक गरिएको हो । शनिबार थापाका दुई कृति’चाँदनी’उपन्यास तथा कथा संग्रह’उल्टो म’को बिमोचना गरिएको हो ।

विमोचन कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले नेपालको साहित्य क्षेत्रमा थापाका कृतिहरुले थप इट्टा थप्ने काम गरेको बताए ।

उक्त कमर्यक्रममा थापाद्धारा रचित दुई गितहरु समेत सार्वजनिक गरिएको थियो । ‘कौसिमा हेरेर’ र ‘मूल्य त पाहिन्छ’ बोलका दुई गितहरु सार्वजनिक गरिएको हो । ग्रिन भ्यालि समाजका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा विभिन्न साहित्यिक तथा बरिष्ठ व्यक्तिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्