घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला २० रुपैयाँले घटेर एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्