वडाध्यक्ष रिजालको शव श्रद्धाञ्जलीका लागि १ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा राखिएको छ।

शव श्रद्धाञ्जलीका लागि दिउँसो १ बजेसम्म सभागृहमा राख्ने र त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

काठमाडौँ क्षेत्र नम्बर ७ का नेपाली कांग्रेसका सभापति समेत रहेका रिजालको भाइरल निमोनियाबाट आज बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्