कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार



काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

काठमाडौँको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनीमाथि नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्