![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2020/01/gold-1.jpg?fit=720%2C466&ssl=1)
काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।