भलिबल खेलाडीलाई मासिक पारिश्रमिकको सुरुआत



स्थापनाको ४७ वर्षपछि नेपाल भलिबल संघले राष्ट्रिय पुरुष/महिला भलिबल टिमका खेलाडीलाई मासिक रुपमा पारिश्रमिक दिने भएको छ । राष्ट्रिय पुरुष/महिला टोलीका समान १२–१२ गरी २४ खेलाडीलाई मासिक ५ हजारका दरले पारिश्रमिक दिने मंगलबार आयोजित कार्यक्रममा भलिबल संघले जानकारी गरायो ।

सुरुआत स्वरुप भलिबल संघले उक्त कार्यक्रममा खेलाडीलाई सेप्टेम्बरदेखि नोभेम्बरसम्म ३ महिनाको १५ हजारका दरले खेलाडीलाई रकम प्रदान गरियो । भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले खेलाडीलाई रकम हस्तान्तरण गरे ।
अमेरिकामा बसोवास गर्ने पूर्व भलिबल खेलाडीसहित अन्य गरी २४ जनाले सहयोग स्वरुप पठाएको आर्थिक सहयोगबाट खेलाडीलाई पारिश्रमिक प्रदान गरिएको हो ।

भलिबल संघका अध्यक्ष चन्दले पारिश्रमिकले निरन्तरता पाउने बताउदै भने– ‘तत्कालका लागि हामीले अमेरिकामा बसोवास गर्ने पूर्व भलिबल खेलाडीलगायत गरी २४ जनाबाट प्राप्त सहयोगबाट खेलाडीलाई मासिक पारिश्रमिक वितरण ग¥यौ । आगामी दिनमा पनि यसले निरन्तरता पाउने छ । सहयोग जुटाएर वा मलगायत पदाधिकारीबाट रकम संकलन गरेर भएपनि हामी यसलाई निरन्तरा दिने छौं ।’

प्रतिक्रिया दिनुहोस्