![](https://i0.wp.com/www.pariwartankhabar.com/wp-content/uploads/2023/06/stock-market-up_share_marke_up_nepal_185723902_429425360.webp?fit=650%2C420&ssl=1)
काठमाडौँ । सेयर बजार सोमबार उकालो लागेको छ । नेप्से परिसूचक सोमबार ७.०४ विन्दुले बढेर १९६७.८३ अंकमा पुगेको छ । सोमबार आधा दर्जन कम्पनीमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन १ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार कारोबारको पहिलो सत्रमा सकारात्मक बनेको नेप्से त्यसपछि घटेको थियो । कारोबारको अधिकांश अवधि घटेको सूचक बन्द हुने बेलामा भने सकारात्मक बनेको हो । समग्रमा हेर्दा बजार सूचक नेप्से १९ सयकै लाइनमा झरिसकेको छ ।